बहुदलीय जनबाद र अभिब्यक्रि स्वतन्त्रता विषयक अन्तरसंवाद
दैलेख : जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल दैलेख शाखाको आयोजनामा उक्त कार्यक्र सम्पन्न गरेको हो।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रिय कमिटी सदस्य सुर्य कुमार श्रेष्ठले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व भएकोले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिएको बताए। उहाँले जननतो भण्डारी प्रतिबदन गरेको जवजलाई लागु गरेको खण्डमा जनताको जीवनस्तरमा परिबर्तन हुने बताइन ।
नेकपा एमाले प्रदेश कमिटीका सदस्य एवम नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेको बताउदै जतिसुकै व्याख्या गरे पनि कमैहुने बताए । उनले जनता भण्डारीले नेपालमा कम्युनिष्ट पार्टी निर्माण र जनताका जनजीवीका सवालमा गरेको योगदान कसैले पनि बिर्सन नुहने बताए ।
प्रेस चौतारी नेपाल केन्द्रिय कमिटीका चिव एव्म कर्णाली प्रदेशका इन्चार्ज बिष्णु शर्माले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै जननेता भण्डारीले संचालन गरेको अभियान बास्तबीक रुपमा लागु हुने नसकेको बताए । उनले बिगत वर्षमा पार्टीले मनाउँदै आएको जन्मयन्ती यस पटक बाट प्रेस चौतारीले आयोजना गर्ने र दुर्गम गाउँका नागरिकलाई जनताको जनबादका विषयमा जानकारी गराउँने उद्देश्यले कार्यक्रम गरेको बताए ।