Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चामुण्डाविन्द्रासैनी नगरको नीति तथा कार्यक्रम सार्वजनिक

दैलेख  :  जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित भएको छ । नगर प्रमुख गणेशकुमार शाहीले नगरको ११ औँ नगर सभामा पेश गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । ‘दिगो विकासका लागि पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार, समृद्ध चामुण्डाविन्द्रासैनी नगर निर्माणको मुल आधार’ भन्ने मुल नाराका नगर सभा सुरु भएको थियो ।

नगरपालिकाले आगामी ३ वर्ष भित्रमा नगरका सबै नागरिकहरुको पहुँचमा स्वच्छ सफा पिउने पानीको सहज सुविधा उपलव्ध गराउन एक घर एक धारा नीति अघि सारेको छ । नगरले मजुवा खानेपानी योजनालाई व्यवस्थित र पारदर्शी बनाई डौसुरसम्मका लक्षित उपभोक्ताहरुलाई नियमित पानी उपलब्ध गराउने निति नगरपालिकाले लिएको छ ।

नगरपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा एक वडा एक उत्पादन विशेष कार्यक्रमलाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरण गरीने निति लिएको छ । नगरपालिकाले नगरभरिका गर्भवती महिलाहरुलाई टेलिमिडिसिन सेवा मार्फत घरमै गएर स्वास्थ्य परीक्षण गर्ने भएको छ ।