Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

जमुनाहा नाकामा भारतबाट आएका १७ जनामा कोरोना पुष्टि

नेपालगन्ज  :  बाँकेको जमुनाहा नाकामा भारतबाट नेपाल आएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य पत्रकार मञ्च नेपाल काठमाडौंले आइतबार नेपालगन्जमा आयोजना गरेको कोभिडविरुद्ध भ्याक्सिन प्रवर्द्धन सम्बन्धी कार्यक्रममा जमुनाहा हेल्थ डेस्कका ल्याब असिस्टेन्ट चिरञ्जीवी ज्ञवालीले ३६ दिनको अवधिमा एक हजार दुई सय ८४ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

ज्ञवालीका अनुसार जेठ महिनामा ८५० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना र ५ असारसम्म ५ दिनमा ४३४ जनाको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो। असार महिनामा कोरोना संक्रमण पुष्टि हुनेमा ३ जना दाङका, सुर्खेतका २ जना, बाँके, बर्दिया र रोल्पाका एक(एक जना रहेका छन्। उनीहरु भारतको उत्तराखण्डबाट आएका ३ जना, दिल्लीबाट २, उत्तरप्रदेश, गढवाल र चण्डीगढबाट आएका एक एक जना रहेका छन्। सबै संक्रमितहरु उपचार बिना नै घर पुगिसकेका छन्।