Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

वडाध्यक्ष मृत भेटिए

जाजरकोट  :  जाजरकोट कुशे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ। शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए।

मृतक घर्तीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।