Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

गुनासो सुन्न टोल फ्रि नम्बर सञ्चालन

दैलेख  :  जनताको गुनासो सुन्न नगरपालिकाले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखले नेपाल टेलिकमबाट प्राप्त १६६००१८२२२२ नम्बरको टोल फ्री नम्बर बुधवार बाट सञ्चालनमा ल्याएको हो । सञ्चालनमा आएको टोल फ्री नम्बरको नगर प्रमुख गणेश बहादुर शाहीले उद्घाटन गरी सञ्चालन सुरु गरेका थिए । नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख गणेश बहादुर शाहीले पदभार ग्रहण गर्ने क्रममा जनताको गुनासो सुन्ने र सेवालाई प्रभावकारी बनाउन नगरमा टोल फ्री नम्बर सञ्चालनमा ल्याउने पहिलो निर्णय गरेका थिए ।

स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिज्ञासा गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्री नम्बरमा सम्पर्क गर्न नगरप्रमुख शाहीले नगरबासीलाई आग्रह गरेका छन । उनले स्थानीय सरकारको गतिशीलता, पारदर्शिता, जवफदेहीता सुशासनका लागि पहिलो निर्णय अनुरूप निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको बताए ।

नगरपालिकाले बुधवार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको नीति तथा कार्यक्रम ल्याउनु पूर्व कस्ता खालका योजना ल्याउँदा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा गुनासो टिकाउन आग्रह गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले टोल फ्री बाट आएका गुनासो सम्बोधन गर्न आवश्यक जनशक्ति समेत व्यवस्थापन गरिने बताए । उनले भने स्थानीय तहको विकास र समृद्धिका विषयमा हातेमालो गर्नुका साथै जनताका समस्या र गुनासो सम्बोधनका लागि यो महत्त्वपूर्ण कार्य हो ।