Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुत्केरीको हेलिकप्टर बाट उद्धार

दैलेख  :  सुत्केरी महिलाको हेलिकप्टर मार्फत सोमवार साँझ उद्धार गरिएको छ । दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ३ लेक गाउँकी २२ वर्षीय संगिता नेपालीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाएको हो । सात महिनाको गर्भवती रहेको उहाँलाई सुत्केरी बेथा लागेपछि आठबिस नगरपालिकामा रहेको कर्णाली स्वास्थ्य चौकीमा ल्याइएको थियो ।
आठबिस नगरपालिका दैलेखका उप प्रमुख कल्पना थापाले सुत्केरी बेथा लागेर स्वास्थ्य चौकीमा ल्याइएकी सुत्केरी हुन नसकेकी संगिता नेपालीलाई स्वास्थ्य चौकी राकममा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएको जानकारी दिइन । उनले प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको समन्वयमा सुत्केरीको उद्धार गरिएको बताइन । उनले भनिन बच्चा जन्मिएको र आमाको अवस्था सामान्य र बच्चालाई आइसियुमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सुत्केरीको उद्धार गरिएको जानकारी दिए । उनले सुत्केरीको अवस्था जटिल बन्दै गएको खबर आएपछि नेपाल आर्मीको हेलिकप्टर मार्फत उद्धार गरिएको बताए ।