जिल्ला समन्वय प्रमुखमा काँग्रेसको बागी
दैलेख : जिल्ला समन्वय समितिको प्रमुख पदका लागि गठबन्धनबाट बागी उम्मेदवारी परेको छ । सत्ताघटक दल नेपाली काँग्रेसका उप सभापति नमराज शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन । गठबन्धन दल बाट प्रमुखका लागि नेपाल महिला संघका सचिव रहुनभएकी दुर्गा कुमारी श्रेष्ठलाई जिल्ला समन्वय समितिको प्रमुखका लागि सिफारिस गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तीम नामवली अनुसार दिएको जानकारी अनुसार प्रमुखमा दुर्गा कुमारी श्रेष्ठ,नमराज शाही, उप प्रमुखमा शान्ती शाही र केशव बहादुर शाही सदयहरुमा दिल बहादुर शाही स्वतन्त्र,पदम लाल जैसी,रामचन्द्र शर्मा,अंङग बहादुर शाही,फत्त बहादुर डागी ,मानसिह थापाको उम्मेदारी रहेको छ । त्यस्तै दलित तथा अल्पसंख्य सदस्यमा लोक बहादुर सार्की,तुल्छा बिक महिला सदस्यका लागि सरस्वती रोकाय,दुर्गा कुमारी थापा,सुनकला दमाई,कबिता कुमारी गीरी,पुर्णा बिक,कोकिला कुमारी खड्काको उम्मेदारी परेको छ । नेकपा एमालेले बागी उम्मेदवार लाई सघाएर जाने गरी प्रमुखमा उम्मेदवारी नदिए संगै जिल्ला समन्वय समितिको निर्वाचन रोचक हुने देखिएको छ ।