अभद्र व्यवहारप्रति पत्रकार महासंघ र प्रेस चौतारीको ध्यानाकर्षण
दैलेख : नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले पत्रकार उदयराज अधिकारीमाथि भएको अभद्र व्यवहार र धम्किप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पुर्वाधार बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहले सुचनाको हक प्रयोग गरि सुचना माग गर्न गएका पत्रकार उदयराज अधिकारीलाई अभद्र व्यवहार तथा धम्किपुर्ण भाषा प्रयोग गरेको भन्दै महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
बिहिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार महासंघ दैलेख शाखाले सुचनाको हक प्रयोग गरि सुचना माग्न गएका पत्रकार अधिकारीलाई पुर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख सिंहले गरेको अभद्र व्यवहार र धम्किप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
दुई महिना अघि लिखित निवेदन दिएर सुचना माग्दा समेत बेवास्ता गरेको र बारम्बार फोनमार्फत जानकारी उपलब्ध गराईदिन अनुरोध गरेपछि मागेको विवरण लिन बोलाएर कार्यालयमै अभद्र व्यवहार गरि आम नागरिकलाई सुचना पाउने अधिकारबाट बञ्चित गर्न खोजिएको बिज्ञप्तिमा भनिएको छ ।
नेपालको संबिधानको दफा २७ मा सुचनाको हक अन्र्तरगत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि बिषयको सुचना माग्ने र पाउने हक हुने भनिएको छ । संबिधानको उलङ्घन नगर्न र आम नागरिकले सुचनाको हक प्रयोग गर्न पाउने अधिकारमाथि खेलबाड नगर्न सेवाग्राहिसंग सिष्ट र मर्यादित व्यवहार गर्न पनि पत्रकार महासंघ दैलेखले बिज्ञप्तिमार्फत सचेत गराएको छ ।
महासंघले स्वतन्त्र, व्यवसायिक पत्रकारितामा कोहि कसैले पनि आँच पुर्याउने खालका काम नगर्न अनुरोध गरेको छ । पत्रकार अधिकारीमाथि भएको घटनाको तत्काल सत्य तथ्य छानबिन गरि दोष्उिपर कारवाही प्रक्रियाको थालनि गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ । नेपाल पत्रकार महासंघ दैलेख शाखाका कार्यबाहक अध्यक्ष महेन्द्र सापकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।
त्यस्तै प्रेस चौतारी नेपाल दैलेख शाखा र केन्द्रिय समितिले समेत बिज्ञप्ती जारी पत्रकार अधिकारीलाई धम्काउने घटनाका विषयमा छानबीन गरी कार्वाही गर्न माग गरेको छ । प्रेस चौतारी नेपाल केन्द्रिय समितिका सचिव एवम कर्णाली प्रदेश इन्चार्ज बिष्णु शर्मा र प्रेस चौतारी नेपालका सह सचिव धर्मरत्न थापा द्धारा बिज्ञप्ती जारी गरिएको छ । अधिकारी नेपाल पत्रकार महासंघ दैलेखका सदस्य, धमाका दैनिकका सह सम्पादक,प्रेस चौतारी नेपाल दैलेखको सचिब तथा थाहाखबरका जिल्ला संबाददाता हुन ।