पल शाहलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर
पोखरा : उच्च अदाल पोखराले करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई थुनामै राख्न आदेश दिएको छ। न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दिएको आदेशलाई सदर गरेको हो।
पुर्पक्ष थुनामा राख्ने आदेशविरुद्ध शाहले गत चैत १८ र वैशाख १३ गते उच्च अदालतमा निवेदन दिएका थिए।
आफूमाथि करणी अभियोग लागेपछि ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए। १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो।