यु १९ महिला विश्वकप छनोटः नेपालले भोलि कतारविरुद्ध खेल्ने
काठमाडौँ : यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुवात गर्दैछ।
शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी छन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ।
प्रतियोगितामा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार सहभागी छन्। नेपालले शनिबार युएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ।
नेपाली टिममा कृतिका मरासिनी ९कप्तान०, स्नेहा महरा, शृष्टि जैसी, मनीषा उपाध्याय, अञ्जलि बिक, मनीषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत र सुस्मिता भुषाल रहेका छन्।