स्थानीय निर्वाचनमा माओवादीको ह्याट्रिक
दैलेख : २०७४मा भएको स्थानीय तहको निर्वाचनमा एक जना वडा सदस्यमा जितेको माओवादी केन्द्रले यो निर्वाचनमा भने दुई गाउँपालिका प्रमुख र छ वटा वडा अध्यक्ष जितेर तेस्रो दल हुन पुगेको छ । जिल्लाको नौमुले गाउँपालिकाको अध्यक्षमा छवि सुबेदी र भगवतिमाई गाउँपालिकाको अध्यक्षमा गणेश बहादुर थापा निर्वाचित भएका छन ।
उनीहरु दुवै जना २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचन लड्दा तेस्रो स्थानमा थिए । नेकपा माओवादी केन्द्रले दुल्लु नगरपालिकामा तीन वटा वडा , डुगेश्वर गाउँपालिका एक वडा र महावु गाउँपालिकामा तीन वडा जितेको छ ।
पाँच दलीय गठबन्धनले माओवादी केन्द्रको भागमा दुल्लु नगरपालिकामा उपमेयर आठबीस नगरपालिकामा उपमेयर,भगवती माई गाउँपालिकामा अध्यक्ष पाउने निर्णय भएको थियो । त्यस्तै डुङ्गेश्वर गाउँपालिकामा उपाध्यक्षमा,गुराँस गाउँपालिकामा उपाध्यक्ष, ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको भागमा परेको थियो ।
नौमुले गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस अध्यक्ष र एकीकृत समाजवादीलाई उपाध्यक्ष उम्मेदवार बनाउने पाँच दलीय निर्णय भएको थियो । पाँच दलीय गठबन्धनले गरेको निर्णय विरुद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले नौमुलेमा नेपाली काँग्रेसका विरुद्ध गठबन्धन बनाएको थियो ।
गठबन्धनको निर्णय विरुद्ध गएर उम्मेदवारी दर्ता गर्नु चानचुने अवस्था थिएन माओवादी केन्द्रका नेता क्षेत्र प्रताप सुबेदीले भने जनताले हामी छवि सुबेदीलाई जिताउँछु भन्दा भन्दै भाग्न नुहेन निष्कर्ष निकाले उम्मेदवारी दर्ता गराएको बताए ।
उनले भने अघिल्लो निर्वाचनमा हाम्रो पार्टी तेस्रो स्थानमा थियो । अहिले एमाले विभाजन बाट बनेको एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसकै गाउँपालिका सभापति समेत विद्रोह गरेको अवस्थामा जित्न सहज हुने भएपछि हामीले गठबन्धनको निर्णय बेगर उम्मेदवारी दिएर जित निकालेको हौ ।
भगवतिमाई गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा र उपाध्यक्ष नेपाली काँग्रेसकै भाग परेको थियो । नेपाली काँग्रेसले माओवादी केन्द्रलाई अध्यक्ष दिन नसकिने भनेर अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित एक वडा र छ वडा एकीकृत समाजवादी दिएर निर्वाचनमा जाँदा सहज जित निकालेको छ ।
एकीकृत समाजवादी पार्टीले भगवतिमाई गाउँपालिका –१,२,५, जित्दा नेकपा माओवादी केन्द्रको भागमा परेको भगवतिमाई –७ मा भने नेपाली काँग्रेस जितेको छ । त्यहाँ नेपाली काँग्रेसले उपाध्यक्ष सहित गाउँपालिका –३,४,६ वडा जितेको छ । दुल्लु नगरपालिकामा नगर उप प्रमुख र छ वडा सहित नेपाली काँग्रेस सँग गठबन्धन गरेको माओवादीले नगर उप प्रमुखमा भने जित हात पार्न सकेन । उप प्रमुखमा एमालेकी बिना कार्की निर्वाचित हुनुभयो ।
महावु गाउँपालिकामा भने एकीकृत समाजवादी पार्टी सँग गठबन्धन गरेको माओवादी केन्द्रले तीन वडामा विजयी भएको भए पनि त्यहाँ एकीकृत समाजवादीको भागमा परेको गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र तीन वडा अध्यक्ष भने विजयी हुन सकेनन् । त्यहाँ काँग्रेसका लक्षमुन गुरुङ उपाध्यक्षमा मञ्जु पाण्डे निर्वाचित हुँदा नेकपा एमाले दोस्रो भएको छ । जिल्लामा नेकपा एमाले पहिलो नेपाली काँग्रेस दोस्रो माओबादी केन्द्र तेस्रो र एकिकृत समाजबादी पार्टी चौथौ भएको छ ।