Loading... आजः मङ्लबार, बैशाख ९, २०८२
Trending

पदभारग्रहण सँगै लोकप्रिय निर्णय गर्दै पालिका प्रमुख

दैलेख :  स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख उप प्रमुखर र वडा अध्यक्षले पदभारग्रहण गर्दै लोकप्रिय हुन विभिन्न निर्यय गर्ने गरेका छन । शुक्रवार पदभारग्रहण गरेका अधिकाँस पालिका प्रमुख र वडा अध्यक्षहरुले गर्न चर्चामा आउन गर्न नसकिने खालका निर्णय समेत गरेका छन । जिल्लाको दुल्लु नगरपालिकाका नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भरतप्रसाद रिजालले गर्भवती र सुत्केरी महिलालाई राहत पुग्नेगरी यातयात सेवा निःशुल्क बनाउने उद्धेश्यसहित नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन ।

उनले गरेको पहिलो निर्णयमा नगरपालिका भित्रका गर्भवती र सुत्केरी तथा नवजात शिशुको अकालमा ज्यान सक्ने अवस्था विद्यमान छ। सुरक्षित प्रसुती सेवा प्रदान गर्ने शिलशिलामा दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अप्रयाप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेतलगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्न उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिका बिरामीहरूलाई लैजानु पर्ने आकस्मिक अवस्था सृजना भएमा यातायात खर्च स्वरूप एम्बुलेन्स सेवा निःशुल्क गरिने उल्लेख गरिएको छ ।

आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडुवालले आगामी ३ वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत पु¥याइने निर्णय गरेका छन । नगर प्रमुख बडुुवालले हरेक नागरिकको घरमा विद्युत बाल्ने पहिलो निर्णय गरेका हुन । यस्तै उपप्रमुख कल्पना थापाले आठबीसका गर्भवती तथा सुत्केरी महिलाहरुका उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिने निर्णय भएको बताइन ।

उनले आफ्नो कार्यकालको सुरुको निर्णयले आठबिस नगरपालिका जस्तो दुर्गम गाउँका महिला तथा नवजात शिसुको उपचारमा टेवा पुग्ने बताइन । उनले भनिन स्वास्थ्य संस्थामा सुत्केरी हुन अहिले पनि धेरै महिलाहरु आइरहेका छैनन् । कतिपय नवजात शिशुको ज्यान जोखिममा पर्ने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याई सुरक्षित सुत्केरी गराउने व्यवस्था मिलाइने त्यसका लागि सुत्केरी हुन नसकेका महिलाहरुका लागि नगरपालिकाको केन्द्रसम्म आवतजावत गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्नेछ ।

त्यस्तै जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले पदभारग्रहण गर्दै नगरपालिकामा सुशासन कायम राख्न र सेवा प्रवाह,गुणस्तरीय भए नभएको विषयमा जानकारी लिन टोल फ्रि नम्बर नगरपालिकाले संचालन गर्ने निर्णय गरेका छन ।

भैरवी गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले पनि गर्भवती र सुत्केरी महिलालाई राहत पुग्नेगरी यातयात सेवा निःशुल्क बनाउने उद्धेश्यसहित गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेकी छिन । उनले गरेको पहिलो निर्णयमा नगरपालिका भित्रका गर्भवती र सुत्केरी तथा नवजात शिशुको अकालमा ज्यान सक्ने अवस्था विद्यमान छ ।

सुरक्षित प्रसुती सेवा प्रदान गर्ने शिलशिलामा दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अप्रयाप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेतलगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्न उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिका बिरामीहरूलाई लैजानु पर्ने आकस्मिक अवस्था सृजना भएमा यातायात खर्च स्वरूप एम्बुलेन्स सेवा निःशुल्क गरिने उल्लेख गरिएको छ ।

जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले पदभारग्रहण गर्दै गुराँस गाउँपालिकामा स्थायी बसोबास गर्ने दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई प्रोत्साहनस्वरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा स्वास्थ्य बीमालगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गर्ने निर्णय गरेका छन । यसैगरी बैंकमार्फत् वितरण गरिएको वृद्धभत्तासहितका सबैखाले सामाजिक सुरक्षाभत्ता अब भौगोलिक विकटताको कारण बैंकसँग समन्वय गरी सम्बन्धित वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

जिल्लाको नौमुले गाउँपालिकाका अध्यक्ष छबि सुबेदीले पदभारग्रहण गर्दै आफुले पाउँने पारिश्रमिक नलिने घोषणा गरेका छन । उनले आफुले पाउने पारिश्रमिक दलित,बिपन्न तथा जेहन्दार बालबालिकालाई दिनका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेका हुन ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सहज सरल र झन्झट मुक्त बनाउने निर्णय गरेका छन । उनले गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, सहज, सरल, चुस्त दुरुस्त, झन्झट मुक्त र नागरीकप्रति उत्तरदायी बनाउने निर्णय गरेका छन ।

जिल्लाको सदरमुकामस्थित नारायण नगरपालिका–१ मा नवनिर्वाचित जनप्रतिनीधिहरुले पदभार ग्रहण गर्दै बसेको पहिलो बैठक बाट वडाका नागरिकको निधन भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार नारायण नगरपालिका–१ मा बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा वडाबाट मृतकका परिवारलाई रु १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।