दोहोरिएका जनप्रतिनिधि भएन्न अनुमोदन


दैलेख : दैलेखमा रहेका ११ पालिका मध्ये २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका नगरपालिकाका उप प्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पुन दोहोरिन खोज्दा जनता बाट जनमत नपाउँदा पराजित भएका छन् । दोहोरिएका जनप्रतिनधि हरुमा जिल्लाको नारायण नगरपालिका नगर उप प्रमुख सावित्री मल्ल, महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही ,नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर,उपाध्यक्ष अमृता सिंह गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली उपाध्यक्ष दिपा बिसी डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ल र भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी विष्टले जनमत नपाउँदा पराजय भोग्नु परेको हो ।
नारायण नगरपालिकाकी उप प्रमुख सावित्री मल्ल,महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही,भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी विष्ट २०७४ सालको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित भएका थिए । मल्ल र शाही भने एकीकृत समाजवादी पार्टी बाट पुन नगर उप प्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए भने पदम कुमारी विष्ट भने भैरवी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले बाट उम्मेदवार बनेकी थिइन ।
आफूले राम्रो काम गरेको र जनता माग अनुसार उम्मेदवारी दिएको बताइरहेको जनप्रतिनिधि पराजित हुँद भने कुनै प्रतिक्रिया दिन चाहेनन् । उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी अहिले पनि गरेको बताउँदै पार्टीको आन्तरिक द्धन्दका कारण पराजित हुन पुगेको बताएका छन् । दोहोरिएका जनप्रतिनिधि मध्ये नेकपा एमालेका बाट २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट नारायण नगर उप प्रमुखको उम्मेदवार भएर निर्वाचित भएकी साबत्री मल्ल पुन गठबन्धन दल बाट उप प्रमुखको उम्मेदवार हुँदा नेकपा एमालेकी नेत्री तप्ता कुमारी थापा सँग एक हजार ८३८ मत कम ल्याएर पराजीत भएकी छिन । जिल्लाका सबै पालिका भन्दा बढी उप प्रमुखमा भएको मतान्तर हो ।
त्यस्तै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका जङ्ग बहादुर शाही यो निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी बाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसका लक्षमुन गुरुङ विजयी हुँदा नेकपा एमालेका हरि उपाध्याय उप विजेता र शाहीले तेस्रो स्थान झरे । महावुमा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच चुनावी तालमेल भएको थियो ।
नौमुले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका अध्यक्ष भदे बुढा मगर र उपाध्यक्ष अमृता सिह पनि पराजित भए । माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन बाट उम्मेदवार बनेका छवि सुबेदी अध्यक्ष र उपाध्यक्षमा गंग बहादुर शाही विजयी भएका छन । नेपाली काँग्रेसले टिकट बिवतरणमा विभेद गरेको भन्दै गाउँपालिका सभापति समेत रहेका शाहीले पार्टी छाडेर एकीकृत समाजवादी प्रवेश गरेर उपाध्यक्ष पदमा निर्वाचन लड्ेका थिए ।
त्यस्तै गुराँस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिनु भएका खेमराज ओली र दिपा बिसी पनि पराजित भएका छन । नेकपा एमालेका उम्मेदवार अध्यक्षमा टोप बहादुर बिसी र उपाध्यक्षमा शिवा खड्का निर्वाचित हुँदा खेमराज ओली र दिपा बिसी दोस्रो स्थानमा उप विजेता बने । अध्यक्ष ओलीले पार्टीमा रहेर अन्तर्घात गर्नेहरूका कारण निर्वाचन हारेको सामाजिक संचाल फेसबुकमा लेखेका छन ।
डुगेश्वर गाउँपालिकाका अध्यक्षमा दोहोरिएका नेपाली काँग्रेसका नेता नगेन्द्र मल्ल पनि पराजित भएका छन । उनी नेकपा एमाले बाट अध्यक्षका उम्मेदवार सुन्दर केसी सँग पराजित भएका हुन । गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । भैरवी गाउँपालिकाको उपाध्यक्षमा दोहोरी भएकी पदम कुमारी विष्ट पनि पराजित भएकी छिन । उनलाई नेपाली काँग्रेसकी देवी भण्डारी सँग पराजित भएकी हुन । उनले भने पार्टीमा फुटको असर र निर्वतमान गाउँपालिकाका अध्यक्ष प्रेम बुढाकै गाउँबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई कम मत आउँदा निर्वाचनमा पराजय भोग्नु परको बताइन । उनले भन्नि वडा अध्यक्ष र सदस्यलाई आएको मत र हामीलाई आएको मत हेर्दा थाहा हुन्छ त्यहाँ अन्तर्घात भएको भनेर ।
नगरपालिका तथा गाउँपालिका उप प्रमुख तथा गाउँपालिका अध्यक्ष मात्र होइन वडामा दोहोरिएका वडा अध्यक्षका उम्मेदवार पनि पराजित भएका छन । पराजित हुने वडाध्यक्षहरूमा भगवतिमाई गाउँपालिका–४ का वडा अध्यक्ष कृष्ण बहादुर थापा, नारायण नगरपालिका –४ का अध्यक्ष वीर बहादुर कटुवाल , दुल्लु नगरपालिका –७ का लाल बहादुर रावत, आठबिस नगरपालिका–८ का मुीक्र प्रसाद उपाध्याय रहेका छन । दुल्लु नगरपालिका –१० को वडा अध्यक्षमा दोहोरिनु भएका नेकपा एमालेका हर्क बहादुर खड्का र नेपाली काँग्रेसका सन्दीप पुरीको मत बराबर भएको थियो । गोला प्रथा तान्दा नेपाली काँग्रेसका दिपेन्द्र कुमार पुरी निर्वाचित भएका छन ।

