एमालेमै फर्कि एसमाजवादीका उपसचिव र जिल्ला कमिटि सदस्य
दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृता लामिछानेमगर नेकपा एमालेमै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् ।
उनीसँगै नेकपा ९एकीकृत समाजवादी० पार्टी निकट अनेरास्ववियू जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् । रोहित नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटि सदस्य समेत हुन् ।
उपसचिव अमृता लामिछानेमगर र अनेरास्ववियू जिल्ला अध्यक्ष रोहित लामिछाने मगर जारी गरेको संयुक्त विज्ञप्तमा एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनलाई बदनाम हुने गरी व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन गरेकाले समाजवादी पार्टी त्यागेको उल्लेख छ । साथै उनिहरुले एकीकृत समाजवादीमा लागेका अन्य नेता, कार्यकर्तालाई पनि एमालेमा फर्कीन आग्रह गरेका छन् ।उनलाई नेकपा एमाले बाट आठबिस नगरपालिकाका नगर प्रमुखका उम्मेदवार तर्क बहादुर बडुवाल, बर्तमान मेयर खड्गराज उपाध्याय,नेता ओमजंग शाही र रामप्रसाद जैसीले स्वागत गरेका थिए ।