Loading... आजः मङ्लबार, जेष्ठ ८, २०८१
Trending

निर्वाचनलाई प्रभावित गर्ने सामग्री प्रचार नगर्न निर्देशन

काठमाडौँ  : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ।

आयोगले स्थानीय तह निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी सो कार्य भइरहेको भन्दै तत्काल रोक्न सामाजिक प्रयोगकर्ताहरुलाई सचेत गराएको हो। सो कार्य तत्काल नरोके निर्वाचन ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ र प्रचलित कानुन बमोजिम सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

‘उनले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारको मनोनयन गराउन भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लान्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकाले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न, नगराउन सबैमा आयोगले कडा चेतावनी दिन्छ।’

आयोगले निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्रीहरुको प्रचारप्रचार नगर्नका लागि सीमावर्ती देशहरुलाई पत्राचार गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।