गठबन्धनदलले गरे छुटाछुटै मनोनयन
दैलेख : गठबन्धन दलले दैलेखका ११ स्थानीय तहमा भागबण्डा गरेर त्यही अनुसार पार्टीका नेता कार्यकर्ताहरुलाई मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको भएपनि निर्देशनको अवज्ञा गर्दै जिल्लाका अधिकाँस पालिकामा गठबन्धनदलले छुटाछुटै मनोनयन दर्ता गरेका छन ।
गठबन्धनदहरुले दैलेखका ११ पालिका मध्ये नारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो । सोमवार मनोनयन दर्ता नेपाली काँग्रेस बाट नगर प्रमुखमा निर्मला थापा खड्का र एकिकृत समाजबादी पार्टी बाट उप प्रमुखमा साबित्री मल्लेले मनोनयन दर्ता गरेकी छिन । गठबन्धनको पक्षमा रहेको माओबादी केन्द्रले भने दान बहादुर महतारालाई नगर प्रमुखमा उम्मेदवारी दर्ता गरायो ।
गठबन्धन दलले दुल्लु नगरपालिकाको प्रमुख र उप प्रमुख मआबादी केन्द्रको भागमा पारेको थियो । दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका भरत रिजालले नगर प्रमुुखमा उम्मेदवारी दिदा गठबन्धनमा रहेको दल नेकपा माओबादी केन्द्रले उप प्रमुखमा टेक बहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन । उप प्रमुखमा भने माओबादीकेन्द्रकै बल बहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन ।
आठबिस नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उप प्रमुखमा माओबादी केन्द्रको भागमा परेको भएपनि त्यहा गठबन्धनमा रहेका दलहरुले छुटै मनोनयन दर्ता गरेका छन । नेपाली काँग्रेस बाट नगर प्रमुखमा प्रेम प्रकाश शाही र उप प्रमुखमा निशा थापाले मनोनयन दर्ता गरेका छन । माओबादी केन्द्र बाट नगर प्रमुखमा कौशी कुमारी शाहीले उम्मेदवारी दर्ता गरेकी छिन । एकिकृत समाजबादी पार्टीले नगर प्रमुखमा गोर्कण माझि र उप प्रमुखमा तुल्सी कुमारी थापाले उम्मेदवारी दर्ता गरेका छन ।
चामुण्डाबिन्दासैनी नगरपालिकाको नगर प्रमुख एकिकृत समाजबादी पार्टी र उप प्रमुख नेपाली काँग्रेसको भागमा परेको थियो । नगर प्रमुख जनआधार नभएको पार्टीलाई दिएको भन्दै नेपाली काँग्रेसले बिज्ञप्ती जारी गर्दै एक्लै निर्वाचनमा जाने निर्णय सहित नगर प्रमुखमा गणेश बहादुर शाही र उप प्रमुखमा मनिषा शर्माले उम्मेदवारी दर्ता गरेकी छिन । माओबादी केन्द्र बाट नगर प्रमुखमा जगदिश शाहीले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै महावु गाउँपालिकामा अध्यक्ष एकिकृत समाजबादी र उप प्रमुख नेपाली काँग्रेसको भागमा परेको थियो । दलहरु बिच सहमति नभए पछि एकिकृत समाजबादी पार्टी बाट अध्यक्षमा जंग बहादुर शाही र पुण्यप्रभा दशौदीले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेस बाट अध्यक्षमा लक्ष्मण गुरुङ र उप प्रमुखमा मञ्जु पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । माओबादी केन्द्र बाट अध्यक्षमा सेतु सुनार र उपाध्यक्षमा जंग बरालले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेस बाट उपाध्यक्षमा टिकट नपाउनुभएकी पुण्य प्रभा दशौदीले एकिकृत समाजबादी पार्टी बाट उपाध्यक्षको टिकट लिएर मनोनयन दर्ता गराएका हुन ।
नौमुले गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उप प्रमुखमा एकिकृत समाजबादी पार्टिको भागमा परेको थियो । नौमलुे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस बाट भदे बुढा मगर र एकिकृत समाजबादी पार्टी बाट गंग बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन । मओबादी केन्द्र बाट प्रमुखमा छबिराम सुबेदीको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षमा नेपाली काँग्रेस बाट अमृता सिहले आधारिक उम्मेदवार बन्दा कृष्णा कुमारी चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन भने अध्यक्षमा नेपाली काँग्रेसकै नेता विद्या शर्माले समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एकिकृत समाजबादी पार्टी बाट उपाध्यक्षमा उम्मेदवारी दिनुभएको गंग बहादुर शाही नेपाली काँग्रेस नौमुले गाउँपालिकाको सभापति थिर्ए । पार्टीले प्रमुखमा टिकट नदिए पछि माओबादी र एकिकृत समाजबादीको सल्लाहमा नेपाली काँग्रेस पार्टी परित्याग गरी उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
भगवतिमाई गाउँपालिकाको अध्यक्ष माओबादी केन्द्र र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको थियो । गठबन्धनदलको निर्णयको अवज्ञा गर्दै त्यहा पनि गठबन्धनमा रहेका दलहरुले आ आफ्नै उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेस बाट अध्यक्षमा दशरथ खड्का उपाध्यक्षमा मिना खड्का, मओबादी बाट गणेश थापा उपाध्यक्षमा मनिसा सोनी बिकले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेसले अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि एकिकृत समाजबादीले वडाअध्यक्ष लिएर माओबादी केन्द्रलाई सहयोग गर्ने उद्देश्यले अध्यक्ष र उपाध्यक्षमा भने उम्मेदवारी दिएको छैन ।
यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) को भागमा परेको थियो । नेपाली काँग्रेस बाट खेमराज ओलीले र उपाध्यक्षमा दिपा बिसलीले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै मओबादी केन्द्रले अध्यक्षमा कृष्ण गिरी र उपाध्यक्षमा कुशुम कुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै गाउँपालिका अध्यक्षमा चार जना स्वतन्त्र उम्मेदवारी दिएका छन को छ भने उपाध्यक्षमा एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एकिृकत समाजबादीले पनि कुनै पनि पदमा उम्मेदवारी दिएको छैन ।
भैरवी गाउँपालिकाको अध्यक्ष एकिकृत समाजबादी पार्टी र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको थियो । नेपाली काँग्रेस बाट रिता शाही र उपाध्यक्षमा देबी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन । । मओबादी केन्द्र बाट उपाध्यक्षमा ऐन बहादुर कठायतले उम्मेदवारी दर्ता गराएका छन । एकिकृत समाजबादी पार्टी बाट गाउँपालिकाको अध्यक्षमा जगत आर्चायले उम्मेदवारी दर्ता गराएका छन ।
डुगेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओबादी केन्द्रको भागमा परेको थियो । नेपाली काँग्रेस बाट अध्यक्षमा नगेन्द्र मल्ल र उपाध्यक्षमा एलिजा थापाको उम्मेदवारी परेको छ । मओबादी केन्द्र बाट उपाध्यक्षमा उम्मेदवारी परेको छ । एकिकृत समाजबादी पार्टी बाट रबिन्द्र कुमार डागीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।
ठाटिकाँध गाउँपालिकाको अध्यक्ष माओबादी केन्द्र र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको थियो । गठबन्धन दलले गरेको निर्ण बिरुद्ध नेपाली काँग्रेसले अध्यक्षमा रक्ष बहादुर शाही उपाध्यक्षमा लक्ष्मी शाही माओबादी केन्द्रले निर्मल कुमार रावत र बिजु कुमारी थापाले उम्मेदवारी गर्दा गराएका छन ।