Loading... आजः मङ्लबार, जेष्ठ ८, २०८१
Trending

कांग्रेसको घोषणापत्र बकवास र गालीको दस्तावेज होः ओली

काठमाडौँ  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई बकवास र गालीगलौज को दस्तावेज भएको टिप्पणी गरेका छन् । उनले राजनीतिक विश्लेषण केहीपनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरेका हुन् ।

२३ औँ मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन ।

उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन् । सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे । दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए । तत्कालिक क्षति पुगे पनि एमालेलाई घाटा नभएको उनको भनाइ छ ।