दैलेखमा मनोनयन उल्लासमय
दैलेख : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा उल्लासमय रूपमा मनोनयन दर्ता गरिएको छ । ११ स्थानीय तहका निर्वाचन अधिकृत अनुसार शान्त वातावरणमा मनोनयन दर्ता गरेको जानकारी दिएका छन् । नारायण नगर प्रमुखमा नेकपा(एमाले) बाट नगर प्रमुखमा लोमन शर्मा उप प्रमुखमा तप्ता कुमारी थापा नारायण नगरपालिकामा गठबन्धन दल बाट नगर प्रमुखमा नेपाली काँग्रेसकी नेत्री निर्मला खड्का (थापा) उप प्रमुखमा नेकपा एकीकृत समाजवादीकी नेत्री सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समयको पाबन्दीलाई राजनैतिक दलहरूले ख्याल नगर्दा उम्मेदवारको सम्पूर्ण विवरण उपलब्ध गराउन नसकिएको जानकारी दिएको छ ।
दुल्लु नगरपालिकाको नगर प्रमुखमा एमालेका रुद्रबहादुर शाही र उप प्रमुख बिना कार्की गठबन्धन दल बाट नगर प्रमुखमा नेपाली काँग्रेसका भरत रिजाल उप प्रमुखमा माओवादी केन्द्रका टेक बहादुर खड्का राप्रपा नेपाल बाट नगर प्रमुखमा गणेश प्रसाद उपाध्याय उप प्रमुखमा नन्दकला योगीलेले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार ओम बहादुर कार्की र बल बहादुर थापाले उप प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेकपा एमाले बाट नगर प्रमुखमा सूर्य बहादुर शाही उप प्रमुखमा नन्दा विष्ट नेपाली काँग्रेस बाट नगर प्रमुखमा गणेश बहादुर शाही,उप प्रमुखमा मनीषा शर्मा माओवादी केन्द्र बाट प्रमुखमा जगदीश शाही नेपाल मजदुर किसान पार्टी बाट नगर प्रमुखमा बखत थापाले उम्मेदवारी दर्ता गरेका छन । निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी लोकश बहादुर चन्दका अनुसार सबै उम्मेदवार गेट भित्र प्रवेश गरेको र केहीको उम्मेदवारी दर्ता गरिरहेको बताए । उनले भने राती १२ बजे सम्म सकिन्छ कि ।
आठबिस नगरपालिकामा नेकपा एमाले बाट नगर प्रमुखमा तर्क बहादुर बडूवाल उप प्रमुखमा कल्पना थापा नेपाली काँग्रेस बाट नगर प्रमुखमा प्रेम प्रकाश शाही उप प्रमुखमा निशा थापा नेपाल मजदुर किसान पार्टी बाट नगर प्रमुखमा धन बहादुर सिजाली उप प्रमुखमा ललिता बडूवाल,एकीकृत समाजवादी पार्टी बाट नगर प्रमुखमा गोकर्ण माझी उप प्रमुखमा तुलसी कुमारी थापा राप्रपा नेपाल बाट नगर प्रमुखमा देवेन्द्र बहादुर विष्ट,उप प्रमुखमा विमला कुमारी जैसी माआबोदी केन्द्र बाट नगर प्रमुखमा कौसी कुमारी थापाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै आठबिस नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार उदयराम विश्वकर्मा र उप प्रमुखमा सन्दीप कुमार विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन ।
भगवतिमाई गाउँपालिकामा पाँच जनाको पालिका अध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । भगवतिमाई गाउँपालिकाका सहायक निर्वाचन अधिकृत बखत बहादुर खड्काका अनुसार नेकपा एमाले बाट अध्यक्षमा शान्ति प्रसाद शर्मा उपाध्यक्षमा बसन्ता शाही, नेपाली काँग्रेस बाट पालिका अध्यक्षमा दशरथ खड्का उपाध्यक्षमा मिना कुमारी थापा,नेकपा माओवादी केन्द्र बाट अध्यक्षमा गणेश बहादुर थापा उपाध्यक्षमा मनीषा सोनी बिक ,राष्ट्रिय जनमोर्चा बाट अध्यक्षमा नर बहादुर सिंह उपाध्यक्षमा दुर्गा कुमारी सिंह नेपाल मजदुर किसान पार्टी बाट अध्यक्ष धनी राम जैसी राप्रपा नेपाल बाट अध्यक्षमा कमल शाह र उपाध्यक्षमा मालती शाहीले उम्मेदवारी दर्ता गरेका हुन ।
ठाटिकाँध गाउँपालिका अध्यक्षमा एमालेका लक्ष्मीदेवी शाह,उपाध्यक्षमा देवीराम बडूवाल , नेपाली काँग्रेस बाट रक्ष बहादुर शाही अध्यक्ष र लक्ष्मी शाही उपाध्यक्ष माओवादी केन्द्र अध्यक्षमा निर्मल कुमार रावत र उपाध्यक्षमा बिजु थापाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकृत लेखनाथ कँडेलका अनुसार उम्मेदवारी दर्ता गर्न दलहरू गेट भित्र प्रवेश गरेको बताउँदै उहाँहरूलाई टोकन सिस्टम अनुसार उम्मेदवारी दर्ता गरिने बताए ।
नौमुले गाउँपालिकाका निर्वाचन अधिकृत हरि घिमिरेले नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले बाट शशिराम विश्वकर्मा उपाध्यक्षमा गीता चन्द,नेपाली काँग्रेस बाट अध्यक्षमा भदे बुढा मगर, उपाध्यक्षमा अमृता सिंह, माओवादी केन्द्र बाट अध्यक्षमा छविराम सुबेदी , स्वतन्त्र अध्यक्षमा विद्या शर्मा ढलका, एकीकृत समाजवादी पार्टी बाट उपाध्यक्षमा गंग बहादुर शाही स्वतन्त्र उपाध्यक्षमा कृष्ण चन्दको उम्मेदवारी परेको बताए ।
डुगेश्वर गाउँपालिकाको अध्यक्षमा छ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले बाट अध्यक्षमा सुन्दर कुमार केसी, उपाध्यक्षमा कलावती न्यौपाने,नेपाली काँग्रेस बाट अध्यक्षमा नगेन्द्र बहादुर मल्ल, उपाध्यक्षमा एलिजा थापा राप्रपा बाट अध्यक्षमा लक्ष्मण खड्का उपाध्यक्षमा रिता बोहरा, नेपाल मजदुर किसान पार्टी बाट अध्यक्षमा अनि राम जैसी र उपाध्यक्षमा देवीकला जैसीको उम्मेदवारी परेको छ । त्यस्तै गाउँपालिकाको अध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा डम्बर बहादुर दमाई र कलम बहादुर शाही रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । त्यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बिष्णा कुमारी खत्रीले उम्मेदवारी दर्ता गरेको बताइएको छ ।
त्यस्तै महावु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी बाट जङ्ग बहादुर शाही , उपाध्यक्षमा पुण्य प्रभा दशौदी, नेकपा एमाले बाट अध्यक्षमा हरि प्रसाद उपाध्याय उपाध्यक्षमा दुर्गा सिंह नेपाली काँग्रेस बाट अध्यक्षमा लक्ष्मण गुरुङ उपाध्यक्षमा मञ्जु पाण्डे माओवादी केन्द्र बाट अध्यक्षमा सेतु सुनार उपाध्यक्षमा जङ्ग बराल , राप्रपा नेपाल बाट अध्यक्षमा रज बहादुर सिंह र स्वतन्त्र अध्यक्षमा चेतन जैसीले उम्मेदवारी दर्ता गराएका छन ।
भैरवी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट सर्बराज महतारा उपाध्यक्षमा पदम कुमारी विष्ट नेपाली काँग्रेस बाट अध्यक्षमा रिता शाही उपाध्यक्षमा देवी भण्डारी, उन्नत लोकतान्त्रिक पार्टीका गाउँपालिका अध्यक्षमा मिलन कुमार ढुङ्गानाले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृत चन्द्रदेव भारतीका अनुसार ७ जनाको अध्यक्षमा उम्मेदवारी परेको र एक जना स्वतन्त्र उम्मेदवार रहेको बताए । उनले उपाध्यक्षमा आठ जनाको मनोनयन दर्ता भएको र तीन जना स्वतन्त्र रहेको जानकारी दिए ।
गुराँस गाउँपालिकाका निर्वाचन अधिकृत वन्दना केसीले मनोनयन गर्ने अन्तिम समयमा राजनैतिकदलहरु आएका कारण ककसको उम्मेदवारी परेको छ भन्ने भन्न नसकिने बताइन । उनले सबैलाई निर्वाचन अधिकृतको कार्यालयमा गेट ल्याएर राखेको र राती २ बजे सम्म मनोनयनको काम सकिने जानकारी दिईन ।