Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

देशभर ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता


काठमाडौं  :  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ७ः३० बजेसम्म ७१ हजार २३७७ जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो।

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २१ सय १८ र उपप्रमुख पदमा १३ सय १८ जनाको उम्मेदवारी परेको छ।

गाउँपालिकाको अध्यक्षको पदमा २२ सय २१ र उपाध्यक्ष पदमा १५ सय ४४ जनाको उम्मेदवारी परेको आयोगले जानकारी गराएको छ । आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १७ हजार ७०१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै महिला सदस्य पदमा ११ हजार ६५५ र दलित महिला सदस्यमा १० हजार ३७१ जनाको उम्मेदवारी परेको छ ।