पालिका सभापति नेकपा एस प्रवेश, बने उपाध्यक्षको उम्मेदवार
दैलेख : दैलेखको नौमुलेमा नेपाली कांग्रेस गाउँ कार्यसमितिका सभापति गंगबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । गाउँपालिकाकाृ अध्यक्षको दाबेदार रहेका शाहीले टिकट नपाए पछि नेपाली काँग्रेस परित्याग गरेका हुन ।
नेकपा एस प्रवेश गरेसँगै उनले उपाध्यक्षको टिकट पाएका छन् । गठबन्धन दलहरुले नौमुले गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा एकिकृत समाजबादीको भागमा पारेको थियो । गठबन्धनदलले समाजबादीलाई उपाध्यक्ष दिने भएपनि पार्टीमा राम्रो उम्मेदवार नभए पछि नेपाली काँग्रेसका पार्टी सभापति गंगबहादुर शाहीलाई उपाध्यक्षको उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको एकिकृत समाजबादी पार्टी नौमुले गाउँकमिटीले जानकारी दिएको छ ।
शाही द्धारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ २०५८ सालदेखि नेपाली काँग्रेसमा आबद्ध थिए । काँग्रेसको १३ औँ महाधिवेशन र हालै सम्पन्न १४ औँ महाधिवेशनबाट नौमूले गाउँ कार्य समितिको सभापतिमा निर्वाचित शाहीले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
सोमवार उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमुल्यन गर्दै पैसावाला सिमित दलाल, ठेकेदार तथा भ्रष्टहरुलाई टिकट बिक्री गर्ने पार्टीका केहि दलाल नेताहरुका विरुद्ध घोर आपत्ती प्रकट गर्दछु ।