Loading... आजः मङ्लबार, चैत्र ४, २०८१
Trending

एसइईको तयारी पुरा ,पाँच हजार विद्यार्थी एसइई दिँदै

दैलेख  : शुक्रवार देखी सुरु हुने एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार प्रत्येक केन्द्रमा तयारी पुरा भएको जानकारी दिएको छ । एसइई परीक्षामा दैलेख बाट पाँच हजार ३१४ विद्यार्थी सहभागी हुने भएका छन् । जसमा खुल्ला र ग्रेडबृद्धि गरी पाँच हजार ३१४ विद्यार्थी सहभागी हुने छन ।

 

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका प्रमुख तेज बहादुर थापाले एसइई परीक्षालाई मर्यादित बनाउँन सबै सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन । कोरोना महामारीका कारण दुई वर्ष देखी राम्रो संग संचालन हुन नसेकेको एसइई यस पटक भने बिगतका वर्षझै हुदैछ ।