Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने

काठमाडौं :  स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले २०७८ चैत ७ गते दायर गर्नुभएको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो।

जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने निर्वाचन अयोगको निर्णयविरुद्ध शेर्पाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न मनोनयन दर्ता गर्नु अघि नै राजीनामा दिनुपर्नेछ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नुपर्नेछ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय जनप्रतिनिधिले राजीनामा पेश गरे मात्र उम्मेदवार हुन पाउने ब्यवस्था गरेको छ ।