Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

मुलुकको घाटा २ खर्ब ५८ अर्ब पुग्यो

काठमाडौँ  :  मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थितिको घाटा थप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा रहेको छ । माघसम्म यस्तो घाटा २ खर्ब ४७ अर्ब थियो । फागुनमा मात्रै शोधनान्तर स्थिति थप ११ अर्ब घाटामा गएको हो ।

अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो । भुक्तानी सन्तुलन घाटामा जानु भनेको मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुनु हो । समीक्षा अवधिमा चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । चालु खाता घाटा पनि उच्च दरले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो ।