Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री निर्वाचित

एजेन्सी  :  पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन । उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुन।

प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार थिए । सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उनले एक सय ७४ मत प्राप्त गरे । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाएन्न ।

यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल असेम्बली) बाट राजीनामा घोषणा गरेका थिए । इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएको दाबी गरेका छन ।

आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त भएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री भएका हुन ।

शहबाज शरीफमाथि लेनदेनसँग जोडिएको एउटा मुद्दा चलिरहेको छ र यसको सुनुवाई अप्रिल २७ मा हुने तय भएको छ । यसैबीच अदालतले उनलाई अप्रिल २७ सम्म पक्राउ गर्नका लागि रोक लगाएको छ ।