नगर प्रमुखमा सुर्य बहादुर शाहीलाई (एमाले)ले बनायो उम्मेदवार
दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले सूर्यबहादुर शाहीलाई मेयरका लागि अगाडि सार्ने भएको छ । आज बसेको नगर कमिटी बैठकले शाहीलाई मेयरका लागि अगाडि सार्ने निर्णय गरेको हो । शाही एमाले दैलेख अध्यक्षको दावेदार भएपनि निर्वाचनमा पराजित भएका थिए ।
उनी पूर्व भूम समस्या समाधान आयोगका जिल्ला अध्यक्ष, नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।
यस्तै नगर उपप्रमुख र वडा अध्यक्षको टुंगो भने ३० गते लाग्ने एमालेले जनाएको छ ।