Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सहमती कार्यान्वयनको नभएको भन्दै एमालेद्वारा बैठक अवरुद्ध

सुर्खेत  :  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सात बुद्धे सहमती कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरे पछि बुधबारसम्मका लागि बैठक स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा सुरुमै एमालेका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका थिए ।
एमाले संसदीय दलका नेता यामलाल कंडेलले सरकारले सात बुद्धे सहमती कार्यान्वयनको अवस्था, सरकारको निर्णय र कार्ययोजनाको जानकारी नदिँदासम्म सहयोग नगर्ने बताए । उनले सर्वदलीय बैठकले गरेका सात बुद्धे सहमती कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले एमालेले प्रमुख प्रतिपक्ष दलको हैसियतले सहमती अनुसार सरकारलाई सहयोग र सहकार्य गर्ने उल्लेख गरे ।

माघ १८ गते प्रमुख प्रतिपक्ष र सरकारबिच चालु आर्थिक वर्षमा टुक्रे योजना कार्यान्वयन नगर्ने, मुख्यमन्त्री रोजगा कार्यक्रमको कार्यविधि सुधार गर्ने, अधुरा योजनामा बजेट व्यवस्थापन गर्ने र प्रदेसभा सदस्य खाली रहेका पाँच स्थानमा पूर्वाधार विकास कार्यक्रम संचालन गर्दा प्रमुख प्रतिपक्ष दलसँग सल्लाह र सहमतीमा अघि बढाउनेलगायतका सहमती भएको थियो ।