Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेपालले पायो १७६ रनको लक्ष्य

काठमाडौं  :  नेपालले आईसीसी टी–२० विश्वकपमा छनोट हुन एक सय ७६ रनको लक्ष्य पाएको छ । ओमानमा जारी सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोडेको हो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए । सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् ।

 

वासिमले ४८ बलमा चार छक्का र चार चौका प्रहार गरे । उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए । यस्तै १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । यूएईले दोस्रो विकेटका लागि ६६ र तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो ।

यूएईले तेस्रो ओभरमा १८ तथा त्यसपछिका लगातार चार ओभरमा समान १३ रन जोडेको थियो । आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरेका थिए। १७ औँ ओभरमा अविनाशले वासिमलाई आउट गरे। उक्त ओभरमा उनले दुई विकेट लिएका थिए ।

जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएर गतिलो सुरुवात दिलाएपनि यूएईका ब्याट्सम्यान नेपाली बलरमाथी हाबी बनेका थिए ।

सुरुको ११ ओभरमा २ विकेट गुमाएर एक सय २ रन जोडेको यूएईलाई त्यसपछि सन्दीप, दीपेन्द्र र अविनाशले नियन्त्रणमा लिने प्रयाश गरेका थिए । त्यसपछिका ६ ओभरमा यूएईले ३९ रन मात्र जोडेको थियो ।

नेपालका सन्दीपले चार ओभरमा २४ रन खर्चिएर एक विकेट लिए । जितेन्द्र मुखिया र अविनाश बोहराले तीन-तीन विकेट लिए ।

यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।