Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

सुर्खेत  :  कर्णाली प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवाको पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरुको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले खुलाएको विज्ञापनविरुद्व सर्वोच्च अदालतमा रिट परेपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेश लोकसेवा आयोगले पहिलोपटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ तीन सयभन्दा बढी पदका लागि गत पुस २७ गते लिखित परीक्षाको विज्ञापन गरिएको थियो ।