एघार कैदीबन्दीको सजाय मिनाह
दैलेख : प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार दैलेख बाट ११ जना कैदीले कैद मिनाह पाएका छन । जिल्ला कारागार दैलेखका जेलर तिलक प्रसाद न्यौपानेले ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी मिनाह दिई निजहरुको बाँकी कैद सजायको लगत कट्टा गरी रिहा गरिएको जानकारी दिए । उनका अनुसार कतब्र्य ज्यान मुद्धाका २, चोरी मुद्धाको १ र बहुविवाह मुद्धामा जेल सजाय भोगिरहेका ८ जना गरी ११ जनाको बाँकी कैद सजाय माफी पाएको जानकारी दिए ।