निर्वाचन दिवस मनाइयो
दैलेख : छैठोँ निर्वाचन दिवस मनाइएको छ । निर्वाचनमा सबै संग संगै भन्ने मुल नाराका साथ जिल्ला निर्वाचन कार्यालयको आयोजनामा उक्त दिवस मनाइएको हो । निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय दैलेखले जिल्लाका राजनितिक दल, स्थानिय तह प्रमुख एवं प्रतिनिधी र पत्रकार ,अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको बताइन ।
उनले २०७८ बैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउने उनले बताईन् ।उनले दिएको जानकारी अनुसार दैलेख जिल्लामा एक लाख ६६ हजार ६१४ जना मतदाता रेहका छन । अन्तिम नामावलीमा मतदाता संख्या बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।