रातिमाटे बस्तीका ३० घरधुरीलाई खाद्यान्न सहयोग
दैलेख : नारायण नगरपालिका–१ कुईकाना राति माटेमा बस्ने ३० घर दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मुगु जिल्ला खत्याड गाउँपालिका –३ बस्ने समाजसेवी युवा अनिल बानियाँको पहलमा खाद्यान्न सहयोग गरिएको हो ।
समाजसेवी अनिल बानियाँले दैनिक रूपमा ज्यालादारी गरी जीविकोपार्जन गरिरहेको विपन्न परिवारलाई सानो सहयोग बापत खाद्यान्न वितरण गरिएको बताए । उनले नारायण नगरपालिकामा रहेका अति विपन्न समुदायको छनोटको जिम्मा नगरपालिका –१ क अध्यक्ष तीर्थनारायण श्रेष्ठलाई दिएको र उहाँले छनोट गरे पनि प्रतिघर एक बोरा चामल र एक केजी नुन बिवतरण गरिएको बताए । उनले आगामी दिनमा समेत दुखी गरिब परिवारहरूका लागि विभिन्न सङ्घ संस्था र मनकारीहरू सँग सहयोग मागेर आफूले हस्तान्तरण गर्ने बताए ।
नारायण नगरपालिका –१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले आफ्नो वडाका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने समाजसेवी अनिल बानियालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग गर्न आग्रह गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले जिल्ला प्रशासन मार्फत सहयोग गर्न इच्छुक भएको कुरा आएपछि जिल्ला प्रशासनले त्यसको सहजीकरण गरेको बताए ।