Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

३६४ सङ्क्रमित थपिए, छ जनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल नौ हजार ७८९ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १६ सय ९३ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ६४ हजार ४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १६ हजार ६१६ जना सक्रिय सङ्क्रमित छन् ।