Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

कांग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग

काठमाडौं :  नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरूको वर्तमान कार्यसमिति भंग गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन गर्न नसकेका भातृसंस्थाहरु भंग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले बताए ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघ लगायत कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । बैठकले भातृ एवं शुभेच्छुक संस्थाहरूको संशोधित विधान पारित गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत कांग्रेस केन्द्रीय सदस्‍य भइसकेका छन् ।