Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता

काठमाडौँ :  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।उनीहरूले प्रधानन्यायाधीशविरुद्ध लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएका छन् ।

त्यस्तै, प्रधानन्यायाधीशले सर्वोच्च अदालत र न्यायालयभित्रै निजको कार्यकालमा अतिशय विकृतिरविसंगति तथा भ्रष्टाचार तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाएका छन् ।