१ हजार १२८ संक्रमित, १४ को मृत्यु
काठमाडौँ : पछिल्लो २४ घण्टामा २० हजार ९८९ परीक्षणमा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा ६६६ र र एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ५४२ परीक्षणमा ४६२ जनामा पोजिटिभ देखिएको हो ।
२४ घण्टामा १४ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ । सोही अवधिमा २ हजार २१५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबारसम्म सक्रीय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ । २४ घण्टामा १ लाख ४५ हजार २६५ जनाले खोप लगाएका छन् ।