Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कोरोनाका कारण बन्द सेवा प्रवाह सुचारु

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना सङ्क्रमणका कारण एक साता बन्द गरिएको सेवा प्रवाह आइतवार देखी सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संङ्क्रमण पुष्टि भएपछि माघ १७ गतेबाट शान्ति सुरक्षा र मुद्दा सम्बन्धी कामबाहेक अन्य सबै सेवा बन्द गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका दैलेखका साहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालालो आइतवार बाट सेवा सुचारु गरेको बताए । उनले नागरिकलाई सेवा लिन आउँदा अनिबार्य कार्ड बोकेर आउँन प्रशासनले आग्रह गरेको बताए । उनले भने सेवा लिन आएका नागरिक खोप नलगाएको पाइएमा जिल्ला प्रशासनमै खोप लगाउने ब्यबस्था गरिएको बताउँदै सेवा प्रवाह सुरु गरिएपछि सुनसान जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चहलपहल बढेको छ ।
बैकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैकले समेत सेवा प्रवाह सुरु गरेको छ । राष्ट्रिय बाणिज्य बैक दैलेखका शाखा प्रबन्धक चेतन कुमार बिसीले शाखामा रहेका सबै कर्मचारीमा कोरोना देखिए पछि माघ १४ गते बाट बन्द गरिएको सेवा शुक्रवार बाट सुरु गरेको बताए । उनले अत्यावश्यक सरकारी राजश्व तथा अन्य कार्यका लागि बैकमा फोन मार्फत सेवा दिएको र अन्य काम आज आइतवार बाट सुरु गरिएको बताए ।