माहामारीका कारण धकेलीयो पेट्रोलियम पदार्थको अन्बेषण
कमल शर्मा
दैलेख : दैलेखको शिरिस्थान नाभिस्थान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरूको सिस्मिक सर्भे सम्पन्न भए पश्चात् मुख्य ड्रिलिङको काम कोरोना महामारीका कारण धकेलीएको छ ।
अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका दश वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिए पछि त्यसका वास्तविक अध्ययन पश्चात् पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम गत असोज महिनामा गर्ने तयारी भएपनि कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको खानी तथा भुर्गभ विभागले जानकारी दिएको छ ।
खानी तथा भुगर्भ बिभागका भुगर्भबिद डा गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्बेषणका लागि खनिएका १० वटा लाईनमा भएपश्चात मुख्य ड्रिलिङका लागि असोजमा गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको बताए । उनले पहिलो चरणको काम हामीले आधा कोरोना महामारीका बिचमै ग¥यौ यो बिचमा कोरोना दोस्रो र तेस्रो महामारीको त्रिब संङक्रमणका कारण काम गर्ने सक्ने अवस्था नभएका कारण काम पर धकेलीएको बताए ।
े चाइनाको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरी त्यस पश्चात् अन्बेषणात्मक ड्रिलिङ बाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार ,प्रकार आयतन,व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नु पर्ने उनको भनाई छ । उनले खानी तथा भू–गर्भ विभागले चाइनाको प्राविधिक टोलीलाई नेपाल पठाउन आग्रह गरेपनि चाइना सरकारले भिसाको अनुमती नै नदिएका कारण प्राविधिक आउन नसकेको बताए ।
चिनियाँ प्राविधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमुना परीक्षण बाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई गराएको जानकारी गराएको र जमिन मुनी पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्बेषण्को अनुसन्धान बाट पनि देखिएको थियो । भुगर्भबिद डा त्रिपाठीले भने सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान,पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुन सक्ने बलियो सम्भावना भएको जानकारी दिए ।
अन्ेबषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे,म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपुर्ण मानिएको सेस्मिक सर्भे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाएर सतहमुनिका ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराई बाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने र प्रशोधन बाट तयार भएका तरङ्गहरुहरुको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको शत प्रतिशत काम सम्पन्न भएको भए पनि कोरोना कारणले उक्त परियोजना पछाडि धकेलिएको जानकारी दिए ।
जिल्लाको मुख्यतया दुल्लू नगरपालिका ,भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका,डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दश वटा सिस्मिक लाइनहरूमा जम्मा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो ।
नेपाल सरकार खानी तथा भुर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी सम्झौता भएको थियो । तत्कालीन उद्योग मन्त्री सोम प्रसाद पाण्डे र चाइनाको प्राविधिक टोलीले दैलेखको श्रीस्थानमा पुगेर औपचारिक उद्घाटन गर्नुभएको थियो । पूर्व उद्योग मन्त्री मातृका यादव लगायतको टोलीले पेट्रोलियम पदार्थको अन्बेष्णका लागि स्थलगत अवलोकन गरेपछि चाइनाका प्राविधिक टोलीले दैलेखको डुगेश्वर गाउँपालिका वडा १ मा र दुल्लु नगरपालिका दुल्लु अस्पतालमा बेस क्याम्प निर्माण गरी अन्वेषणको काम सुरु गरेको थियो ।
सम्झौताको म्याद थप्ने तयारी
कोरोना महामारीका कारण धकेलिएको पेट्रोलिय पदार्थको अन्बेषण कार्यका लागि सम्झौताको म्याद थप्ने तयारी गरेको खानी तथा भुगर्भ विभागले जनाएको छ । पेट्रोलिय पदार्थको अन्बेषणका लागि नेपाल सरकार र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच २०१९ फेब्रवरी २८मा भएको सम्झौता भएको र सम्झौताको अवधी सन २०२२ फेब्रवरी २८मा सकिन लागेपछि खानी तथा भुगर्भ बिभागले म्याद थपका लागि उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयलमा फाइल पठाउने तयारी गरेको छ ।
भूगर्भबिद डा गणेशनाथ त्रिपाठीले २०१९ फेब्रवरी २८मा भएको सम्झौता सन २०२२ फेब्रवरी २८ मा सकिन लागेका कारण म्याद थप गरेपछि अन्य काम अगाडी बढ्ने बताए । उनले कोरोना महामारीले काममा पारेको प्रभावलाई हेरी बाँकी रहेको काम कहिले सम्म गर्न सकिन्छ त्यसको अध्यन गरेरै म्याद थप्ने तयारी भएको बताए । उनले भने कोरोना महामारी नभएको भए दोस्रो चरणको ड्रिलको काम सकेर त्यसको वास्तबिक रिर्पोट आइसक्ने थियो । यो महामारीकै कारण रोकिएको हो कुनै बिबाद नभएका कारण यो परियोजनाको काम हुन्छ त्यती हो अलि ढिला हुने भयो ।