Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

सोलार मिनिग्रिड आयोजनाको सफल परीक्षण

दैलेख  :  जिल्लाको महावु गाउँपालिका–३ बासीको रिट्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजनाको परीक्षण सफल भएको छ । सौर्य ऊर्जाबाट विद्युत् निकाली महावु गाउँपालिका –३ बासी रिट्ठाका चार सय ६६ घरधुरीमा जडान गर्न बैकल्पी ऊर्जा प्रवर्द्धन केन्द्रले निर्माण गरेको सोलार मिनिग्रिड आयोजनाको सफल परीक्षण भएको हो ।

जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिका अध्यक्ष धन बहादुर मल्लले आयोजना बाट विद्युत् उत्पादनको सफल परीक्षण भएको बताए । उनले पावर हावसमा सफल परीक्षण पछि पोलहरूमा लाइन दिने भएकाले पोलको नजिक नजान अपिल गरिएको बताए । उनले चार सय ६६ घरधुरी मध्ये १०५ घरधुरीमा लाइन बिस्तारको काम सकिएपछि विद्युत् बाल्ने तयारीमा रहेको बताए । उनले भने अन्य तीन सय ६१ घरधुरीमा समेत लाइन विस्तार गरी अबको १५ दिन भित्र विद्युत् बाली सक्ने तयारीमा रहेका छौ ।

आयोजनाअन्तर्गत तीन २५ वाट क्षमताका तीन सय ७० हजार सोलार पाता जडान गरिएको छ । जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ । सोलार पाताबाट उत्पादन हुने डिसी ऊर्जालाई एसीमा बदल्न ६० किलोवाट क्षमताका दुई वटा इन्भर्टर जडान गरिएको छ । ब्याकअपको लागि समेत १२ वटा इन्भर्टर राखिएको छ । यो प्लान्टले २४ घण्टा विद्युत् उत्पादन गर्नेछ ।