Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ


दैलेख  :  दैलेखमा जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ बर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ बर्षीय रमेश खड्कालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद साहले बताए ।

उनका अनुसार जबरजस्ती करणी उद्योग गरेको कसुरमा पक्राउ परेका सुनारले पुस ११ गते १९ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी शाहले बताए ।

यस्तै जबरजस्ती करणी उद्योग गरेको कसुरमा पक्राउ परेका खड्काले १८ बर्षीया बालिकालाई पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी शाहले बताए । दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालेको डीएसपी शाहले बताए ।