बागमती प्रदेशमा गठबन्धनका दुवै उम्मेद्वार विजयी
हेटौँडा : बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।
प्रतिस्पर्धी एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनाएको थियो। निर्वाचन आयोगका अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ पालिका प्रमुख तथा उपप्रमुख र प्रदेशतर्फ ५७ सांसदको मतसहित ४८२४ मतभार प्राप्त गरेकी छिन्।
त्यस्तै पौडेलले स्थानीय तहतर्फ ११७ पदाधिकारी र ५६ जना प्रदेश सांसदको गरी ४७९४ मतभार प्राप्त गरेका छन्।