Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

दैलेखमा पर्याप्त मात्रामा छैन पारासिटामोल

दैलेख  :  देशभर पारासिटामोलको समस्या भएको सूचना बाहिर आइरहेका बेला दैलेखमा पनि पर्याप्त मात्रामा अभाव रहेको पाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार केही महिनाका लागि स्टक भएपनि झोलमा भने पाासिटामेल नभएको जानकारी दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यबस्थापनक थीर प्रसाद रेग्मीले केही महिना लाई पुग्ने सिटामोल भएपनि पर्याप्त मात्रामा नभएको जानकारी दिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्टोर प्रमुख प्रेम बहादुर बिष्टले अहिले ४९ हजार पाँच सय थान सिटामोल स्टक रहेको र निशुल्क औषधीको लागि आवश्यक टेन्डर गरिएको बताउँदै छिटौ आपुर्ती गर्ने बताए । उनले सरकारले पठाउने भनेको सिटामेल अहिले सम्म प्राप्त नभएको बताउदै पालिकामा सिटामेल पठाएको खण्डमा जिल्ला स्वास्थ्य सेवा कार्यालयमा अभाव हुने बताए ।

भगवतिमाई गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक बबिन शाहीले २५ हजार थान ट्याब्लेट स्टक रहेको बताए । उनले टेन्डर मार्फत २ लाख ट्याब्लेट माग गरिएको बताए । उभने भने टेन्डर बाट तत्काल औषधी आयो भने अभाव हुदैन ।
आठबिस नगरपालिकाका स्र्टोर शाखा प्रमुख गोबिन्द बहादुर शाहीले २० हजार थान ट्याब्लेट स्टक रहेको बताए । उनले एक हप्ता भित्र थप औषधी आइपुग्ने बताए । जिल्लाका अन्यपालिकामा समेत सिटामेल पर्याप्त मात्र नभएको पाइएको छ । केही स्थानीय तहले औषधीको टेन्डर गरिसकेको र छिटै उपलब्ध गारउने तयारीमा रहेको बताएका छन ।