Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

दैलेखमा बढ्दै कोरोना सङ्क्रमण

दैलेख  :  पुस २६ गते सम्म कोरोना भाइरस सङक्रमितको संख्या शुन्य रहेको दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले दिएका जानकारी अनुसार २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक थीरप्रसाद रेग्मीले २९ जनामा कोरोना सङ्क्रण पुष्टि भएको र सबै होमआइसुलेसनमा बसेको बताए । उनले कोरोना देखिएका २९ जना स्वास्थ्य सेवा कार्यालयको सम्पर्कमा रहेको र सबैको अवस्था सामान्य रहेको बताए ।

दैलेख ठेगाना भएका तर नेपालगंजमा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको रेग्मीको भनाई छ ।‘दैलेख ठेगाना भई भारतबाट फर्किनेहरुको नेपालजंगमा परीक्षण भएको हो, रेग्मीले भने नेपालजंगमा परीक्षण भई कोरोना संक्रमण पुष्टि भएकाहरु गाउँ प्रवेश गरिसकेको जानकारीमा आएको छ । गाउँमा समेत कोरोनाको जोखिम बढ्ने सम्भवना बढ्दै गएको छ ।

दैलेख जिल्ला साहायक प्रमुख जिल्ला अधिकारीले जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको बैठक बसी जिल्लाका ११ वटै स्थानीय तहलाई तयारी अवस्थामा रहन परिपत्र गरिएको बताए । उनले स्थानीय सरकारले चासो दिन पर्ने भएपनि अहिले सम्म कुनै पनि पालिकाबाट आइसोलेसन भवन निर्माण तथा अन्य कुनै काम नगरिएको बताए ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले कोरोनाको जोखिम बढ्दै गएपछि प्रत्येक स्वास्थ्य सस्थामा रहेका कर्मचारीलाई नियमित उपस्थित हुन निर्देशन दिएको बताए ।उनले हामीले नगरपालिकामा काजमा रहेका स्वास्थ्यकर्मि,करारमा रहेका स्वास्थ्यकमिी र थप स्वास्थ्यकर्मीको ब्यबस्थापन गर्न आफुहरु लागि रहेको बताए ।

जिल्लामा .कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले भने तपाईको मास्क अभियान निरन्तर गर्दै आएको छ । सामुदायिक प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका–१ स्थित दैलेख सदरमुकामको बजार क्षेत्रमा बुधवार ३ हजार मास्क वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले कोरोना महामारी बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रत्येक पसल, सवारी तथा चालक, पैदल यात्रु समेतलाई कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट जोगिन, अनावश्यक भीड–भाड नगर्न, विशेष काम बाहेक हिडडुल नगर्न, ठुलो संख्यामा जमघट नहुन, सामाजिक दुरी कायम राख्न, अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सचेत समेत गराईएको बताए ।