Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

दैलेखमा लगाउन थालियो बुस्टर डोज

दैलेख  :  दैलेखमा बुस्टर खोप मात्रा दिन थालिएको छ । कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर खोप मात्रा दिन थालिएको हो । यहाँ आइबारदेखि बुस्टर खोप मात्रा लगाउन सुरु गरिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर सदरमुकाम आउँन थालेका छन । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,कर्मचारी र जनप्रतिनिधि, दोश्रो चरणमा स्वास्थ्यकर्मी र पत्रकार तथा त्यसपछि मापदण्ड पूरा भएका क्षेत्रमा क्रमशः बुस्टर खोप मात्रा लगाइने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले अत्यावश्यक सेवामा लागेका तथा जोखिमको क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिएर उक्त खोप लगाउनु सुरु गरिएको बताए । उनले त्यसबाहेक नियमित खोप अभियान, कोरोना परीक्षणका काम भने भइरहेको बताए । उनले बुस्टर डोज दिन पहिलो चरण चार सय डोज कोभिशिल्ड भएको र अन्य थप मगाइएको बताए ।