Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

प्रस्तावना लेखन सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न

दैलेख  :  महिला संजालका अध्यक्ष सचिव र कोषध्यक्षलाई प्रस्तावना लेखन सम्बन्धि तीन दिने कार्यशाला गोठि सम्पन्न भएको छ । बातावरणीय कृर्षि तथा विकास केन्द्र (केड)को आर्थिक सहयोगमा र महिला सशक्तिरण मञ्च नेपाल दैलेखको आयोजनामा महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत दुल्लु नगरपालिका तीन वडा र डुङ्गेश्वर गाउँपालिका दुई का महिला संजालका अध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यहरु प्रतावना लेखन, बालअधिकार, पाठेघर खस्ने सवाल, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, छाउपडी र बालविवाह न्यूनिकरण सम्बन्धि तीन दिने कार्याशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्याशाला गोष्ठी कार्यक्रमको सहजिकरण केडका सुमेश भट्टराई र रामविक्रम शाहले गर्नु गरेका थिए । महिला संजालका अध्यक्ष सचिव र कोषध्यक्षको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त प्रस्तावना लेखन सम्बनधी कार्यशाला गोष्ठि आयोजना गरिएको बताइएको छ ।