Loading... आजः शुक्रबार, माघ १०, २०८२
Trending

दैलेखमा पुन देखियो कोरोना,सचेत रहन आग्रह

दैलेख  :  जिल्लामा पुन कोरोना संङक्रमणका बिरामी भेटिन थालेका छन । लामो समय कोरोना संक्रमणको दर शुन्यमा रहेको दैलेखमा सोमवार २ जनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले एन्टिजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार भारतबाट फर्किएका दैलेखका ४ जनालाई नेपालगंजमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको खबर आएको बताए । फेरी कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालयले सचेत रहन आग्रह गरेको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय अनुसार जिल्लामा विद्यालय समेत बन्द गरिएको छ । स्वास्थ्य सेवा कार्यालयले कोरोनाका लक्षण देखिएको खण्डमा स्वास्थ्य सेवा कार्यालयमा आएर कोरोना परीक्षण गर्न समेत नागरिकलाई अनुरोध गरेको छ ।