Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

स्वास्थ्य सस्थाको समाजिक परिक्षण सम्पन्न

दैलेख  :  नारायण नगरपालिकामा रहेका छ वटा स्वास्थ्य सस्थाको सामाजिक परीक्षण गरिएको छ । नारायण नगरपालिकाको सहयोगमा छ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरिएको हो ।

नागरिकले स्वास्थ्य सस्था बाट प्राप्त गरेको सेवा सुविधालाई प्रभावकारी बनाउँन र देखिएका कमीममजोरीलाई सच्याएर अगामी दिनमा सेवा प्रभावकारी बनाउँन सामाजिक परीक्षण गरिएको नारायण नगरपालिकाले जनाएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र हमालले नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरपालिका बिन्धबासीनी, बसन्तमाला, बेलासपुर ,नारायण, भवानी,त्रिबेणी स्वास्थ्य चौकीमा सामाजिक परीक्षण गरिएको बताए । उनले स्वास्थ्य सस्थाको सामाजिक परीक्षण गर्दा आमा सुरक्षा कार्यक्रम,निशुल्क स्वास्थ्य उपचार सेवा,निशुल्क औषधी वितरण,परिवार नियोजन,खोप सेवा,पोषण कार्यक्रम,स्वास्थ्य ब्यबस्थापन समितिमा महिला,पीछडिएका बर्गको प्रतिनिधित्व,स्वास्थ्य ब्यबस्थापन समितिको बैठक,निशुल्क प्रसुती सेवा,स्वास्थ्य सस्थामा नागरिकको गुनासो,सरकारले उपलब्ध गराउने रकमको उपयोग,मानविय स्रोत ब्यबस्थापन,स्वास्थ्यकर्मीको ब्यवहार,औषधिीको प्रयाप्तता,सरसफाई निर्मलीकरण, भौतिक संचरनाका क्षेत्रमा रहेर सामाजिक परीक्षण गरिएको बताए ।

उनले भने सामाजिक परीक्षणको क्रममा आएका गुनासो र सुझावलाई आत्मसाथ गरेर सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छौ ,अन्य समस्याहरुलाई नगरपालिकामा राखेर समधान खोज्ने प्रयास गर्छौ ।

छ वटा स्वास्थ्य सस्थामा गरिएको सामाजिक परीक्षणमा बर्थिङक सेन्टर संचालन,स्टेचरको ब्यबस्थापन,भवन अभाव,कर्मचारी अभाव,आपङगमैत्री संरचना हुनु पर्ने जस्ता कुरा आएको सामाजिक परीक्षणकर्ता कमल शर्माले बताए । उनले स्वास्थ्य सस्थामा कर्मचारीको ब्यबस्थापन,भौतिक पुर्बधार अभावका कारण सेवा प्रवाहमा समस्या भएको र त्यस तर्फ स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए । उनले स्वास्थ्य सस्थामा देखिएका समस्या र त्यसको समधानका वार्षिक कार्य योजनानिर्माण र प्रतिबद्धता समेत गरेको र त्यसको अनुगमन समेत गरिने बताए ।