प्रमुख प्रशासकीय अधिकतृ बुढाको बिदाई
दैलेख : नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाको बिदाई(फेरी भेटौला कार्यक्रम) गरिएको छ । नौमुले गाउँपालिकामा सरुवा भएर जान लागेका बुढाको एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा बोल्दै नारायण नगरपालिकाका नायव सुब्बा गोबिन्द अधिकारीले नारायण नगरपालिकाको समृद्धि र विकासका लागि प्रमुख प्रशासकीय अधिकतृले अतुलनीय योगदान गरेको बताए । उनले नारायण नगरपालिकाको इतिहासमा पहिलो पटक बिकास बजेट धेरै खर्च भएको बताए । उनले निजामती कर्मचारीको सरुवा बढुवा हुनु स्वभाविक रहेको बताउँदै छिटै भेट् हुने विश्वार ब्यक्र गरे ।
बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले आफ्ुले नारायण नगरपालिकामा ३४ महिना कार्यरत मध्ये २५ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर काम गरेको र यो अवधीमा सहयोग गर्ने जनप्रतिनिधि,कर्मचारी,पत्रकार,गैसस लाई धन्यबाद दिए । उनले शाखा अधिकृतमा नाम निकालेर दैलेखको नारायण नगरपालिकामा समायोजन भएको स्मरण गर्दै सबैको सहयोगका कारण नगरपालिकाको समृद्धि र विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले प्रमुख प्रशासकीय अधिकृत बुढाको निजामती क्षेत्रमा अझै उन्नती र प्रगतीको कामना गरेका छन । उनले निति नियम भन्दा बाहीर नगएर नगरपालिकाको सर्बोत्तम हितका निम्ति गरेको योगदान नगरपालिकाले कहिलै नर्बिेसने बताए । उनले कर्मचारी भएपछि सरुवा बढुवा हुनु स्वभाविक भएको बताउँदै नगरपालिकामा भएका राम्रा कामको प्रचार गर्न आग्रह गरे । २०६९ सालमा जिल्ला हुलाक कार्यलय दैलेखको खरदार बाट निजामती सेवामा प्रबेश गरेका बुढाले २०७१ सालमा नायव सुब्वा नाम निकाली न्याय परिषद सचिवालयमा काम गरेका थिए ।
२०७५ सालमा शाखा अधिकृतको रुपमा नाम निकालेका बुढा नाराण नगरपालिकामा अधिकृत स्तर सातौमा समायोजन भएर निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी समालेकोमा २०७८ भदौमा संघमा समायोजना भएपश्चात नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए । कार्यक्रममा बिभिन्न स्थानीय तह बाट नारायण नगरपालिकामा समायोजन भएर आएका विभिन्न समुहका कर्मचारीलाई स्वागत समेत गरिएको थियो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महावु गाउँपालिकामा कार्यरत प्रमुख प्रशसकीय अधिकृत भक्त बहादुर मल्ल आउने भएका छन ।