दश सामुदायिक विद्यालयका विद्यार्थीलाई निर्वाचन शिक्षा
दैलेख : जिल्लाका सात स्थानीय तहका १० वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा दिएको छ । जिल्ला निर्वाचन कार्यालयले वार्षिक कार्यक्रम अनुसार विद्यार्थीलाई निर्वाचन शिक्षा सम्बबन्धि जानकारी गराइएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाको डुगेश्वर गाउँपालिकामा एक विद्यालय , भगवतिमाई गाउँपालिकामा दुई विद्यालय,महावु गाउँपालिकामा दुई विद्यालय,दुल्लु नगरपालिकामा एक विद्यालय,आठबिस नगरपालिका दुई विद्यालय,नारायण नगरपालिकामा एक विद्यालय,भैरवी गाउँपालिकाका दुई बटा विद्यालय गरी १० विद्यालयमा कक्षा नौ र १० मा पढ्ने विद्यार्थीलाई निर्वाचन शिक्षा दिएको जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख मनमाया काउचाले निर्वाचन आयोगको वार्षिक कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत माध्यमिक तहको विद्यार्थीलाई निर्वाचन शिक्षा सम्बन्धी जानकारी गराइएको बताइन । उनले विद्यार्थीलाई स्डलाइड मार्फत मतदाता नामावली,संकलन,आवश्यक कागजात,मतदान गर्ने तरिका,मतपेटिका प्रयोग गर्ने तरिका,आचारसंहिता,मतदान केन्द्रको नमुना, लोकतन्त्र,नेपालको संविधान,निर्वाचनको महत्त्वका बारेमा जानकारी गराइएको बताइन ।
उनले विद्यार्थी मार्फत परिवार समाजलाई जानकारी गराए सुसूचित मतदाता तयार गर्ने प्रमुख उद्देश्य रहेको बतादै सात स्थानीय तहका १० वटा माध्यमिक विद्यालयका सात सय ७७ जना विद्यार्थीलाई निर्वाचन शिक्षाका विषयमा जानकारी गराइएको बताइन ।