Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

मन्त्रालयले खटाएका कर्मचारीको हाजिरी नगरपालिकाले च्यात्यो

दैलेख  :  दुल्लु नगरपालिकामा हाजिर भई कामकाजमा खटिएका एक कर्मचारीको दरबन्दी नभएको भन्दै हाजिर च्यातिएको पाइएको छ।

नगरपालिकामा आलेप पाँचौँ तहमा कार्यरत कर्मचारी मदनबहादुर बुढाको हाजिर च्यातिएको पाइएको हो। आफू नगरपालिकाको पत्र अनुसार प्रक्रिया पुर्‍याएर हाजिर भएपनि पछि दरबन्दी नभएको भन्दै हाजिर च्यातिएको बुढाले बताए।

प्रशासकीय अधिकृतले पद रिक्त रहेको जनाए पछि सोही अनुसार मन्त्रालयको पत्रअनुसार हाजिर भएपछि दरबन्दी नभएको भन्दै हाजिर च्यातिएको बुढाले बताए। उनले पुस ७ र ८ गते प्रशासनमा हाजिर गरेको बताए।

‘९ गते हाजिर गर्न जाँदा भेटिएन, १० गते शनिवार परेकाले ११ गते हाजिर गर्न जाँदा हाजिर च्यातिएको फेला परेको थियो’ बुढाले भने। नगरपालिकाका प्रशासन प्रमुख शमशेरबहादुर शाहीको निर्देशनमा हाजिर च्यातिएको बुढाले आरोप लगाए।

उनले कर्मचारीको हाजिर गराउने र सुरक्षित राख्ने प्रशासन प्रमुखको जिम्मेवारी भएकाले उनले नै यसको जवाफ दिनुपर्ने बताए। प्रशासन प्रमुख शाहीले हाजिर हराएको र च्यातिएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले भने फोन उठाएनन्। प्रमुख प्रशासकीय अधिकृत शाहीले नगरपालिकामा आलेप ९अधिकृत० छैटौँ पद खाली रहेको पत्र ०७८र८र१७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको फेला परेको छ।

नगरपालिकाको पत्रअनुसार मन्त्रालयले मदनबहादुर बुढालाई कामकाज गर्न पुस २० गते खटाएको हो। अर्को व्यवस्था नभए सम्मका लागि खटिएकै निकायबाट तलब भत्ता भुक्तानी हुने गरी प्रशासन सेवा लेखा समूह आलेप सहायक स्तर पाँचौँ तहमा काम गर्नु भन्ने व्यहोराको पत्र मन्त्रालयको ०७८र८र२० मा बुढालाई दिएको थिए।

प्रमुख प्रशासकीय अधिकृतले दरबन्दी खाली रहेको पत्र पठाए पनि नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले भने २० गते नै पद रिक्त नरहेको भन्दै बुढालाई फिर्ता पठाएको पत्र मन्त्रालयमा पठाएका थिए।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्मचारीको हाजिर च्यात्तिएको विषयमा प्रशासनमा उजुरी आएकाले छानबिन गरी दोषीलाई कारबाही गर्ने बताए। कर्मचारीको हाजिर गराउने जिम्मा प्रमुख प्रशासकीय अधिकृतको रहेकाले गल्ती गर्ने जोकोही भए पनि कारबाही गरिने प्याकुरेलको भनाइ छ। साभार थाहाखवर