राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतमा नयाँ नेतृत्व
सुर्खेत : नेकपा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल सुर्खेतमा नयाँ नेतृत्व आएको छ । विहीबार सम्पन्न तेस्रो हस्तराज गिरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
संघको उपाधक्ष्यमा कर्णबहादुर आचार्य, उपाध्यक्षमा नरेश्वरी शाही, सचिवमा यमप्रसाद अधिकारी आएका छन् । गगनसिंह पाण्डे सहसचिव र अर्चना न्यौपाने कोषाध्यक्ष बनेका छन् ।
नवनिर्वाचित अध्यक्ष गिरीले पेशागत हक हित र अधिकार कार्यान्वयन गर्न र गराउन आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।